बुटवल, १७ असोज । भजनमार्फत युवाहरुलाई एकतावद्ध गर्दै सामाजिक कार्यमा अग्रसर रुद्रगणको आयोजनामा शनिबार वृहत भजनकिर्तन तथा भोजन कार्यक्रम गरिएको छ ।
रुद्रगणको नियमित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल–२, तल्लो फूलबारीस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा भजन–कीर्तन तथा भोजन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार साँझ आयोजित कार्यक्रममा रुद्रगणका सदस्यहरूले भजन–कीर्तन प्रस्तुत गर्नुका साथै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकसँग समय बिताउँदै उनीहरूको सुख–दुःखमा साथ दिने तथा सम्मान प्रकट गर्ने अवसर प्राप्त गरेका थिए । कार्यक्रमबाट ज्येष्ठ नागरिकप्रति सम्मान, सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको दाबी छ ।






















