Spread the love

बुटवल, १६ असोज ।
चित्रकलामार्फत शान्तिको सन्देश दिने गरि लायन्स क्लब अफ बटौलीको प्रायोजन तथा अल्फा लियो स्कलर्स होमको आयोजनामा पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । ‘मानवताका लागि सदभाव’ थिममा शुक्रबार स्कलर्स होम बोर्डिङ स्कुलमा भएको चित्रकला प्रतियोगितामा स्कलर्स कक्षा ७ की कृष्टि गौतम प्रथम भईन । उनले विश्व परिवेश र शान्ति प्रतिकस्वरुपको आर्कषक चित्र बनाईन । यसैगरि प्रतियोगितमा कक्षा ७ की स्मृति क्षेत्री द्धितिय, कक्षा ७ की ईसानी हरिजन तृतिय तथा कक्षा ६ कि तुल्सी जर्घा चौथो भईन ।

एक समारोहका बिच डिएटि का को–चिफ पिस पोष्टर सृष्टि गुरुङ, क्लबका संस्थापक अध्यक्ष बिनित भट्टराई, एरिया चिफ दिपक गौतम, एरिया सचिव लोक प्रसाद भण्डारी राजु, एरिया चेयरपरेसन रितु गुरुङ, स्कुलका सहायक प्राचार्य टिकाराम गौतमले पुरस्कार वितरण गरे । कार्यक्रममा डिएटि का को–चिफ पिस पोष्टर सृष्टि गुरुङले विश्वमा नै लायन्समार्फत पिस पोष्टर शुरुवातको ईतिहासबारे प्रकाश पार्दै निबन्ध लेखनबाट भएको बताईन । हरेक वर्ष लायन्सबाट विश्वभरका विद्यालयस्तरमा चित्रकलामार्फत शान्ति अभियान अन्तरगत यो प्रतियोगिता गरिदै आएको उनले बताईन । चित्रकला सबै वर्ग र समुह सहज बुझ्ने हुदा पनि यो धेरै प्रभावकारी देखिएको उनले बताईन ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बिनित भट्टराईले विश्वब्यापी रुपमा नै यो पिस पोष्टर कार्यक्रम गरिदै आएको बताए ।
कार्यक्रममा एरिया चिफ दिपक गौतम, एरिया सचिव लोक प्रसाद भण्डारी राजु, एरिया चेयरपरेसन रितु गुरुङ, स्कुलका सहायक प्राचार्य टिकाराम गौतमले बालबालिकाहरुको प्रतिभा प्रस्फुटनसंगै सिकाईका रुपमा प्रतियोगिता आयोजना भएको बताए । प्रतियोगितामा विधालयका कक्षा ५ देखि ७ का गरि ३ दर्जन बढी सहभागी भएको अल्फा लियो स्कलर्सका सचिव रिति भण्डारीले बताईन ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्