बुटवल, ३० बैशाख ।
स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा सहकारी सचेतना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बुटवलमा स्थापना दिवसमा सहकारी शिक्षा र तथा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उद्योग वाणिज्य, लघुउद्यम तथा सहकारी शाखाका प्रमुख गुणाकर खनाल, जिल्ला सहकारी संघ लिमिटेडका महासचिव दामोदर पंगेनीले अभिमुखीकरणमा सहजिकरण गरेका थिए । वैशाख १७ गते पछिल्लो सरकारले ल्याएका नया अध्यादेशमा ल्याईएका बुदाहरु छलफल गरि स्वागत योग्य भएको सहकारीले बताए । जसमा सहकारी संस्थाको कारोबारको हिसाबलाई घटाएर ७० प्रतिशतबाट ५० प्रतिशत र नातेदारको दायरालाई बढाएको छ । यसले गर्दा सहकारी पदाधिकारीहरुबाट हुने ठगीलाई रोक्न मद्यत मिल्ने उनिहरुको तर्क छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीका शेयर सदस्य आफनो सहकारीको कार्यबारे जानकार हुन जरुरी रहने बताए । धेरै सहकारीमा शेयरसदस्यहरु क्रियाशिलता नहुने र संस्थामा थोरै ब्यक्तिहरुको निर्णय हाबी हुने अवस्था रोक्न जरुरी रहेको उनले बताए ।
गत साधारण सभापछि सदस्यता लिएका ४० जना नया शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको सचिव जानकारी नेपालले बताए ।
तालिममा शेयर सदस्य यमलाल भट्टराई, संचालक समिति सदस्य सागर पाठक, कृष्ण भट्टराईले सहकारी सचेतनालाई सबै शेयरसदस्यहरुमा पुर्याउन जरुरी रहेको भन्दै रचनात्मक कार्यहरुमा सबैको साथ जरुरी रहने बताए ।























