Spread the love

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

उनीमाथि स्मार्ट टेलिकम (स्मार्ट सेल)को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी एनसेललाई बिक्री गरेको आरोपमा सिन्धुलीको कमलामाई बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियामा वित्तीय तथा कानुनी अनियमितता भएको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्