Spread the love

बुटवल, ३० वैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको ऐतिहासिक तथा प्रसिद्ध बाघ भैरव मन्दिरमा क्षमा पूजा सम्पन्न गर्दै नव निर्मित मन्दिरमा मूर्ति स्थानान्तरण गरिएको छ । धार्मिक विधिअनुसार विशेष पूजा तथा समारोहबीच मूर्तिलाई नयाँ मन्दिरमा स्थापना गरिएको हो ।
मूर्ति स्थानान्तरण कार्यक्रममा खेलराज पाण्डेय र सावित्रादेवी अर्यालले विधिवत पूजा गरेका थिए । कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विसं १३२५ मा तुथा राय सेनले भारतको प्रयागबाट भैरवनाथ (बाघ भैरव) को मूर्ति ल्याई पूजा–आराधना सुरु गरेको कथन रहेको छ । पूर्व अञ्चलाधीश सूर्यबहादुर सेनबाट यसबारेमा बुझेको नगरप्रमुख पाण्डेयले खस्यौलीखबरलाई बताए । बुटवलको बाघ भैरव मन्दिरसँग ऐतिहासिक तथा सांस्कृतिक महत्व जोडिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय कथनअनुसार बाघ भैरव मन्दिरबाट पछि नुवाकोट डाँडा तथा तानसेन सेनकालीन क्षेत्रमा समेत भैरव मन्दिर स्थानान्तरण गरिएको थियो । त्यसपछि भैरवस्थानमा भैरवको मन्दिर निर्माण गरिएको विश्वास गरिन्छ । बाघभैरव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजु लिगलले बताए । पछिल्लो ढाई वर्षमा मन्दिर पुर्ननिमार्ण गरिएको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्