Spread the love

बुटवल, २६ असोज ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ मा वडा नं. २ र वडा नं. ११ अन्तिम चारमा स्थान बनाएका छन । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा जी ट्वान्टी फाइभ क्लबले आयोजना गरेको प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं. ७ लाई २–० गोल तथा वडा नं. ११ ले वडा नं. ३ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

देविनगरस्थित एन्फा एकेडेमीमा भएको पहिलो खेलमा वडा नं. २ को जितमा विष्णु थापाले दुई गोल गरे । खेलमा राम बहादुर थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि अर्को खेलमा वडा नं. ११ को जितमा एकमात्र गोल देवेन गुरुङले गरेका थिए । खेलमा सोम बहादुर थापा (सुरज) प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । मंगलबार दिउसो वडा नं. १० र वडा नं.४ तथा वडा नं. १२ र वडा नं. १३ का बिचमा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने खेल संयोजक रमेश कुमार जोशीले बताए । यस्तै उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रत्येक टिममा ४ जना ४० वर्ष पुगेको र ३ जना ४५ उमेर पुगेको हुनुपर्नेछ ।

पहिलो संस्करणमा वडा नं. ११ विजेता तथा वडा नं. ७ उपविजेता रहेको थियो । प्रतियोगितामा प्रथम पुरस्कार अष्ट्रेलिया निवासी समाजसेवी विष्णु हमाल तथा दोस्रो पुरस्कार क्लबका पूर्व कोषाध्यक्ष सुनिल शाहले सौजन्य गरेका छन । प्रतियोगितामा नगरभित्रका वडास्तरका भेट्रान्स खेलाडीहरुको १२ वटा टिमहरु प्रतिस्प्रर्धा गरेका छन ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्