बुटवल, बैशाख ।
यसवर्षको एसईईमा कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा प्रथम भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एसईई परीक्षाको नतिजमा सामुदायिक विद्यालय तर्फ कालिका मानवज्ञान माविबाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नेपालभरबाट दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।
विद्यार्थीबाट सहभागी मध्ये ६ जनाले ४ जिपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयतर्फ यो प्रथम हो भने नेपालमै नारायणी मावि पछि दोस्रो स्थान कालिका मानवज्ञान मावि रहेको छ ।
कालिकाका विद्यार्थी स्वता लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन । राष्ट्रिय परीक्षा बोर्ड बाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.६ देखि ३.९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३.२ देखि ३.५९ जिपीए ल्याउने विद्यार्थी संख्या १ सय ८७ जना रहेका छन् । भने विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् । यस्तै ३४ जनाले २.४ देखि २.७९ जिपीए ल्याएका छन् ।





















