Spread the love

नेपालगन्ज । नेपालगन्जमा शुक्रबारदेखी सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३’ को तयारी पूरा भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा हुन लागेको उक्त फेस्टिबलको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् ।

फेस्टिबल वैशाख ११ गतेदेखि १३ गतेसम्म नेपालगन्जको सुर्खेत रोडस्थित वाटरपार्क क्षेत्रमा सञ्चालन हुने संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले बताए । पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनको दाबी छ । उनले नेपालगन्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखेर फेस्टिबलको आयोजना गरिएको बताए । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।

होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनालले फेस्टिबलमा स्ट्रीट फुडदेखि पाँच तारे होटलका विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइने जानकारी दिए । भारतीय नागरिकलाई निशुल्क र नेपालीलाई न्यनतम शुल्कका फेस्टिवल अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए । स्थानीय तथा आधुनिक खानाका परिकारसँगै पेय पदार्थ, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको होटल संघका उपाध्यक्ष केशव न्यौपानेले बताए ।

आयोजकका अनुसार कार्यक्रममा करिब ४० वटा स्टल रहनेछन् । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्