काठमाडौं,११ वैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको र देशका अधिकांश स्थानहरूमा आज तापक्रम बढ्ने क्रममा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएको विभागले जनाएको छ ।
त्यस्तै आज राती देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।





















