Spread the love

काठमाडौं ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छासहितका व्यक्तिहरूको मिलेमतोमा ऐनको दफा ९४, ९५, ९६ (उपदफा १०) र दफा ९८ बमोजिम कसूर गरेको देखिएपछि अनुसन्धान अगाडि बढाइएको हो ।

काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–८ निवासी हुलासचन्द्र गोल्छाका छोरा ५९ वर्षीय गोल्छाविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि ऐनको दफा १०३ (उपदफा ३०) अनुसार प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएपछि प्रहरीले काठमाडौंको नक्साल क्षेत्रबाट गोल्छालाई नियन्त्रणमा लिएको हो । हाल उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्