Spread the love

बुटवल, ८ कार्तिक ।
क्रिमसन अस्पतालमा आमाको उपचार गर्दै गरेका मनिष अधिकारी आईतबार दिउँसो नेपाल रेडक्रस सोसाईटी ब्लड बैक बुटवलमा रक्तदान गर्दै गरेका भेटिए । आमा श्यामकला अधिकारीलाई शरीरमा रगत अभाव देखिएपनि चिकित्सकको सल्लाहमा उनि रगत लिन ब्लड बैक बुटवलमा आएका थिए । तर ब्लड बैकमा उनलाई आवश्यक परेको बि पोजिटिभ रगत पाउन सकेनन । बिकल्पमा आफनै रगत दिए । ‘पहिले पनि नियमित रक्तदान गर्दै आएको थिए, आफनै कारणले ग्याब भएको थियो ।’–उनले भने ।

उनिमात्र होईन ब्लड बैकमा आउने अधिकाश बिरामीका आफन्तहरु सोधभर्ना गर्ने रक्तदाताको खोजिमा थिए । एकतर्फ आफनो बिरामीको चिन्ता अर्कोतर्फ रक्तदान गर्ने मान्छे खोज्ने समस्या उनिहरुमा अनुहारमा देखिन्थ्यो । हरेक वर्षजस्तै यो वर्षपनि नेपालीहरुको घरमा चाड भित्रिएसंगै रगत अभाव देखिएको हो । रक्तदानका कार्यक्रम नहुने र ब्लड बैकमा संकलन भएको रगत सकिदा विभिन्न रक्त समुहको अभाव देखिएको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय बताउछन । चाडपर्वमा पनि अस्पतालमा बिरामीहरु हुने तर रगत संकलन काम नहुदा समस्या देखिएको उनि बताउछन । अहिलेको समस्यालाई विभिन्न सामाजिक अभियन्ताहरुमार्फत ब्यवस्थापन भैरहेको उनले दाबी गरे । ‘सामान्य अवस्थाभन्दा केही अभाव देखिएको छ ।’– उनले भने ।

ठूलो संख्यामा मृगौलाका बिरामीहरु बुटवलमा डायलोसियस गर्ने साथै डेगु बिरामी, प्रसुति सेवा र दुर्घटनाको घाईतेहरुको उपचारमा समेत रगतको माग ठूलो रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको दाबी छ । दशैको बेला धेरै आफनो घरपरिवार र गृहजिल्लामा जाने हुदा पनि डोनरको अभाव भएको उनको तर्क छ । लुम्बिनी प्रादेशिक अस्पताल, बाल तथा महिला अस्पताल आम्दा, गौतम बुद्ध मुटु अस्पताल लगायतमा प्रसुति र दुर्घटनाका धेरै बिरामीहरुको चाप हुने र धेरै रगत माग हुने गर्दछ । यो गम्भिर समस्या देखिरहेको छ बेला जिल्ला शाखाले संचालन गरेको ब्लड बैकमार्फत संघसंंस्थाहरुलाई कार्यक्रम संचालनको अनुरोध गर्नेतर्फ ध्यान दिन जरुरी रहेको उनी बताउछन । बुटवल क्षेत्रमा नै दैनिक एक सय युनिट आवश्यक पर्छ । रुपन्देही जिल्लामा हाल दैनिक डेढ सय युनिट रगतको माग छ ।

भिडियो रिर्पोट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्