Spread the love

बुटवल, १० वैशाख ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको देशभरका उद्यानहरु ऐन, कानून र कार्यविधिको अभावकै कारण संचालनमा कठिनाई भएको सरोकारवालाहरुले दुखेसो गरेका छन । विहिबार नेपाल उद्यान महासंघको अन्तक्र्रिया, पदस्थापना कार्यक्रम कार्यक्रममा बोल्ने बक्ताहरुले उद्यानको समस्या समाधानमा सरकार गम्भिर बन्न आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका सदस्य माधवप्रसाद नेपालले पर्यटन प्रवद्र्धन गर्दै सरकारलाई राजश्व बुझाउने उद्यान संचालन र ब्यवस्थापन गर्न तीन तहकै सरकार लाग्नुपर्ने बताए । नेपालमा रहेका विविध थरिका उद्यानहरुका आ–आफ्ना विशेषता, समस्या र चुनौतीहरु रहेको भन्दै समग्र समस्या समाधानमा समाधानतर्फ सरकारको ध्यान जानुपर्ने बताए । भविष्यमा उद्यानहरुलाई नमूना बनाइ पर्यटकीय गन्तव्य बनाउनुपर्ने गरि लाग्नुपर्ने समेत उनले आग्रह गरे ।

यसैबिच महासंघको प्रथम महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापना गराएका छन । महासंघलाई गतिशील र प्रभावकारी रुपमा सञ्चालन गर्न बैठकले आर्थिक वर्ष २०८२/०८३ र ०८३/०८४ का लागि द्विवार्षिक कार्ययोजना तयार गरेको छ । सोही कार्ययोजनालाई सम्पन्न गर्नका लागि कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । नेपाल उद्यान महासंघको सातवटै प्रदेशमा प्रदेशस्तरीय महासंघ गठन गर्नका लागि कोशी प्रदेशबाट लक्ष्मीप्रसाद खनाल, मधेश प्रदेशबाट चेतबहादुर खड्का, बाग्मति प्रदेशबाट ईन्द्रप्रसाद नेपाल, गण्डकी प्रदेशबाट सागर देवकोटा, लुम्बिनी प्रदेशबाट विष्णुराम आचार्य, कर्णाली प्रदेशबाट इन्द्रा चालिसे, सुदूरपश्चिम प्रदेशबाट हरिलाल सापकोटालाई संयोजक तोकेको छ । साथै उपत्यकाभित्र रहेका उद्यानहरुलाई संगठित रुपमा परिचालन गर्नका लागि हिमाल श्रेष्ठलाई संयोजक तोक्ने बैठकले निर्णय गरेको छ ।

संयोजकहरुले आगामी मंसिर महिनाभित्र प्रदेश र उपत्यका विशेष महासंघ गठन गर्नुपर्ने छ । त्यसैगरी केही जिल्लाहरुको संयोजक समेत बैठकले तोकि जिल्ला स्तरीय उद्यान संघ गठनका लागि असार समान्तसम्मको समयसीमा राखेको छ । त्यसैगरी बैठकले डोरमणि पौडेल, काशीनाथ दाहाल, माधवप्रसाद नेपाल, डीआर घिमिरे, केशवराज न्यौपाने, युवराज घिमिरे, अनन्तराज सिलवाल, सुमन थापामगर, हेमबहादुर बम र प्रेस सल्लाहकारमा फोटोपत्रकार मनिराम पन्थ(मनीष) लाई मनोनित गरेको छ ।

बैठकले महासंघका उपाध्यक्ष रघुनाथ खुलाललाई प्रदेशस्तरीय महासंघ गठन र केन्द्र एवम् प्रदेश सरकार, सरोकारवाला निकायहरुसँग समन्वय,सहकार्यका लागि संयोजन गर्ने जिम्मा दिएको छ । महासंघका अर्का उपाध्यक्ष दलबहादुर गुरुङलाई संस्थागत विकास र सशक्तिकरणको पाटोलाई हेर्ने गरी संयोजकको जिम्मा दिएको छ । त्यसै गरी संस्थालाई आवश्यक पर्ने विभिन्न खालका नियमावलीहरु निर्माणका लागि सल्लाहकारहरु युवराज घिमिरे र अनन्तराज सिलवाललाई बैठकले जिम्मा दिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्