Spread the love

भैरहवा, १० वैशाख ।
भैरहवा–बुटवल सडक खण्डमा लागूऔषध सेवन गरी सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा लिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले विहिबार ओमसतिया गाउँपालिका–१ स्थित भैरहवा–बुटवल सडक खण्डमा विशेष चेकजाँच अभियान सञ्चालनको क्रममा ८ जना चालकलाई नियन्त्रणमा लिएको हो ।

सिटी अस्पताल भैरहवाको प्राविधिक सहयोगमा संयुक्त टोलीले दिउसो साढे २ बजेपछि ४ घण्टा सवारी चालकहरूको परीक्षण गरेको थियो । सो क्रममा साना तथा ठूला सवारी साधनका चालकहरूलाई मादक पदार्थ तथा लागूऔषध सेवन जाँच गर्दा ८ जना चालक लागूऔषध सेवन गरेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बताए । नियन्त्रणमा लिइएका चालकहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्