Spread the love

काठमाडौ,३ वैशाख । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ४६ जना नेपालीलाई थाइल्याण्डस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता गरेको छ । अवैध रूपमा कम्बोडियामा बसेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएका छन् । यस्तै सन २०२२ मा १९७७, सन २०२३ मा २९४०, सन २०२४ मा ६४०४ र सन २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्