काठमाडौ,३ वैशाख । विहिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले मुख्य सचेतकको जिम्मेवारी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
बुर्लाकोटी गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । बैठकले सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएको छ । परियार समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसद हुन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















