Spread the love

बुटवल, १९ चैत ।
सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ विहिबारदेखी शुरु हुदैछ । सिद्धेश्वर खेलमैदानमा दिउसो ४ बजेबाट शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

मैदानलाई आर्कषक सजावटसंगै मैदानको पश्चिम र पूर्वतर्फ करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको क्लबका अध्यक्ष सुजु मल्लले बताए । विहिबार उद्घाटन खेलमा गोर्खा ब्यायज स्र्पोटस क्लब रुपन्देही र देवदह ब्यायजका बिचमा खेल हुदैछ । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल खेलको विकास र राष्ट्रिय फुटबलमा योगदान पु¥याउने उद्देश्यले आयोजना हुन लागेको उनले बताए । रुपन्देहीमा नै सर्वाधिक राशिफलको पहिलो फुटबल प्रतियोगिता भएको उनले दाबी गरे । क्लबको अगुवाईमा सिद्धेश्वर मैदानलाई मिनी स्टेडियम बनाउने लक्ष्यसमेत रहेको उनले बताए । प्रतियोगिता आयोजना गर्न करीब ४० लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा करिब ४५ हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिनेछन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्