Spread the love

बाजुरा, १९ साउन ।

विषालु जंगली च्याउ खाँदा बाजुरामा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी परेका छन् । बडिमालिका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाले विषालु जंगली च्याउ खाएपछि बिरामी परेका थिए । बिरामी दुवैलाई उपचारका लागि राति १०ः२० बजे जिल्ला अस्पताल मार्तडी पु¥याइएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा रामे थापालाई राति १०ः४० बजे मृत घोषणा गरेका हुन् । गम्भीर बिरामी रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीलाई जंगली च्याउको पहिचान र विषालुपनबारे पर्याप्त जानकारी नभई सेवन नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्