Spread the love

बुटवल, १९ चैत ।
बुटवलमा जारी चौथौ मेयर कप तथा आठौ बुटवल ओपन लन टेनिस प्रतियोगिता २०८२ मा विभिन्न समुहका खेलहरु सम्पन्न भएका छन । प्रतियोगिता अन्तरगत वुमन्स सिगलमा सुनिरा थापा र प्रकृति श्रेष्ठ विजयी भएका छन । सुनिराले अन्ना माथेमालाई ६/३, ६/० तथा प्रकृति श्रेष्ठले प्रिति बराललाई ६/०, ६/० को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन ।

मेन सिंगल्सतर्फ निशान श्रेष्ठ, आयुष्मान घले, राजबिर प्रधान र प्रणव मानन्धरले जित हात पारेका छन । निशान श्रेष्ठले निहाल जेबी थापालाई ६–३, ७–६, अर्को खेलमा आयुष्मान घलेले प्रनव खनाललाई ६–२, ६–०, राजबिर प्रधानले सक्षम बिक्रम शाहलाई ६–४, ४–६, ६–२ तथा अर्को खेलमा प्रणव मानन्धरले अभिनव आचार्यलाई ६–३ ६–१ को सेटमा पराजित गरेका हुन ।
प्रतियोगिताअन्तर्गत ५५ प्लस सिंगल्सतर्फ चन्द्र शाही विजेता बने । उनले देगेन्द्र श्रेष्ठलाई ६–१, ६–१ ले पराजित गरे । सोही समूहको अर्को खेलमा मच्छिन्द्र थापाले उत्तम बोगटीलाई ७–५, ४–६, १०–५ को सेटमा पराजित गरेका छन ।
यसैगरि ४५ प्लस सिंगल्सतर्फ कमल भण्डारीले अर्जुन गुरुङलाई ६–०, ६–० ले पराजित गरेका छन । यसैगरि अर्को खेलमा रोहित सुनुवारले राजन पौडेललाई ६–१, ६–३ को सेटमा पराजित गरेका छन ।

यसैगरि ३५ प्लस सिंगल्सतर्फ दावा सोनाम शेर्पा, कमल भण्डारी, अनिल साई र बिकाश खड्का विजयी भए । त्यसैगरी +५५ डबल्सतर्फ चन्द्र/देगेन्द्रको जोडी र धर्म लामिछाने/मनु थापाको जोडी विजयी भएका छन । त्यसैगरी ३५ प्लसमा नबिन एस र राज गुरुङको जोडीले सोम राना र अनिल सेन्चुरीको जोडीलाई १/६, ६/१, १२/१० को सेट तथा बिकाश खड्का र सन्जय श्रेष्ठको जोडीले अनिल एस र राजन पौडेलको जोडीलाई ४/६, ६/२, ११/९ को सेटमा पराजित गरेका छन । यसैगरि ६५ प्लस सिंगल्समा मनोज राना र पदम गुरुङ विजयी भएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्