काठमाण्डौ ।
लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा काठमाडौंमा पक्राउ परेकी छन्। उनीमाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर कुटपिट, दुव्र्यवहार र बन्दी जस्तै राखेको आरोप छ। यो घटना २०८१ जेठमा सार्वजनिक भएको थियो, जसपछि काठमाडौं महानगरपालिकाले बालिकाको उद्धार गरेको थियो।
यस मुद्दामा प्रहरीमा जाहेरी दर्ता भए पनि सुरुमा कारबाही ढिलो भएको भन्दै आलोचना भएको थियो। पछि मुद्दा नचल्ने निर्णय भएको थियो, तर अहिले उनलाई पक्राउ गरिएको छ।
बालिकाको संरक्षण र अभिभावकत्व सम्बन्धी विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले बालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै, उनलाई अभिभावकसँग पुनर्मिलन गराएर काठमाडौंमै बस्ने र पढाइ तथा हेरचाहको व्यवस्था गर्न आदेश दिएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























