Spread the love

बुटवल,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिनाउ, पाल्पाले चुनावी कोणसभा तथा घरदैलो अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत तिनाउ गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गत कचलफाँट, झिंगामारा, ठूलीढदाङ, बुटीकोट, ओखलढुंगा, ताल, डोल, लामाचौपारी, झुम्सा, बेरुवा र चौकीभञ्ज्याङमा घरदैलो अभियानलाई तिव्र पारेको हो ।

कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार ठाकुर गैरे, समानुपातिक उम्मेदवार ओमबहादुर घर्तिमगर, प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य पीएस श्रेष्ठ, सावित्रा गुरुङ, गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, सचिव विकास अर्याल लगायतले घरदैलो क्रममा पार्टीलाई विजयी गराउन उनिहरुले मतदातासँग आग्रह गरेका छन् ।

सोही अवसरमा नेकपाका केन्द्रीय प्रतिनिधि तथा साविक दोभान गाविसका जनसरकार प्रमुख भुवन जीसी एमालेमा प्रवेश गरेका छन्। उनलाई उम्मेदवार ठाकुर गैरे र ओमबहादुर घर्तिमगरले स्वागत गरेका थिए। जीसीले एमाले राष्ट्रवादी शक्ति भएकाले आफूले उक्त पार्टी रोजेको बताए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्