Spread the love

बुटवल,१३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाका ७२ घण्टा बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राति १२ बजेसम्म सीमा नाकाहरु बन्द हुने भएको हो ।

सो अवधिमा सीमाबाट पैदलयात्री,तथा यात्रुवाहक सवारी साधनहरु आवतजावतमा रोक लगाइने भएको छ । एम्बुलेन्स दुग्धका ट्याङकर ,दमकल , दुरसञ्चार सेवा , अस्पताल सेवा ,शववहान, बिधुत सेवा र अतिआवश्यक र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य साधनमा निषेध गरेको जारी सूचनामा उल्लेख गरीएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्