Spread the love

बुटवल ।
काठमाण्डौमा सम्पन्न ‘वल्र्ड अफ डान्स नेपाल २०८३’ मा बुटवलका युवा डान्सर साजन गुरुङले ऐतिहासिक सफलता हासिल गरेका छन् । बुटवल–११, देवीनगर निवासी गुरुङ प्रतियोगिताको अपर डिभिजनतर्फ फष्ट रनर अप बन्न सफल भएका हुन् ।

लामो समयदेखि नृत्य क्षेत्रमा सक्रिय गुरुङ बुटवल–११, देवीनगरस्थित ‘नेसन डान्स स्टुडियो’का सञ्चालकसमेत हुन् । उनले आफ्नो उत्कृष्ट प्रस्तुति र नृत्य कौशलका माध्यमबाट निर्णायक तथा दर्शकको मन जित्दै उपविजेताको स्थान सुरक्षित गरेका हुन् । प्रतियोगितामा अपर डिभिजन, जुनियर डिभिजन, जुनियर टिम डिभिजन तथा अपर टिम डिभिजन गरी विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रत्येक डिभिजनका विजेताले एक लाख रुपैयाँ नगद, २४ क्यारेट गोल्ड–प्लेटेड ट्रफी तथा अन्य आकर्षक पुरस्कार प्राप्त गरेका छन् । वल्र्ड अफ डान्स नेपालको विशेष आकर्षण अन्तर्राष्ट्रिय सहभागिताको अवसर पनि रहेको छ । प्रतियोगिताका फाइनलिस्ट तथा विजेता टोलीहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताहरूमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित भारतीय कोरियोग्राफर तथा सेलिब्रेटी ग्रान्ड जज टेरेन्स लुविस, किरण थापा र जेडि तमु रहेका थिए । साजन गुरुङको सफलताले बुटवलसहित रुपन्देहीको नृत्य क्षेत्रलाई गौरवान्वित बनाएको छ भने युवा डान्सरहरूलाई थप प्रेरणा मिल्ने देखिन्छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्