बुटवल, २८ जेठ । रागश्री संगीतालयको प्रस्तुतिमा तयार गरिएको परिवारिक सचेतनामूलक गीत ‘के पिउँछु हिजो मैले…’ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।
गीतले साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्दा परिवारमा निम्तिन सक्ने कलह, तनाव र अशान्तिको चित्रण गरेको छ । सामाजिक सन्देश बोकेको यस गीतको रचना स्वर्गीय लबकुमार थापाले गरेका हुन् भने निर्देशन रविन्द्र बरालले गरेका छन्।
गीतमा सुरेश सेन्चुरी को संगीत, एरेन्ज तथा स्वर रहेको छ । म्युजिक भिडियोमा कलाकार रामचन्द्र बस्याल, तारा वली र सबनम काफ्लेको अभिनय रहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















