Spread the love

काठमाडौं, ६ असार ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८ औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको रेडिसन होटलमा सम्पन्न विशेष समारोहमा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

उद्योग–व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको प्रभावकारी नेतृत्व, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष पोखरेललाई अवार्ड प्रदान गरे । सम्मान ग्रहणपछि अध्यक्ष पोखरेलले यो अवार्ड सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, चेम्बर परिवार तथा लुम्बिनी प्रदेशका निजी क्षेत्रप्रति समर्पित रहेको बताए ।

उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवद्र्धन र आर्थिक समृद्धिका लागि आफ्नो प्रतिबद्धता अझ मजबुत भएको प्रतिक्रिया दिए । कर्पोरेट बिजनेस म्यागजिन ले प्रत्येक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्दै आएको छ । यस वर्षको समारोह यसको १८औँ संस्करण हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्