Spread the love

बुटवल, ६ असार ।
बुटवलमा सम्पन्न सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०८३ को उपाधि इभोलुसन एफसीले चुमेको छ । शनिबार भएको फाईनलमा सैनामैना–१ लाई ट्राईबेकरमा पराजित गर्दै इभोलुसनले उपाधि चुमेको हो । उपाधिसंगै इभोलुसनले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता सैनामैना भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको विधागततर्फ सैनामैनाका सुभाष नेपाली सर्वोत्कृष्ट खेलाडी, ईड्रिकका समुन्द्र ज्ञवाली सर्वाधिक गोलकर्ता, ईकोबका समिर दर्लामी उत्कृष्ट गोलकिपर, सृजना युवा क्लबका सन्देश थापा उदयमान खेलाडीबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिका वडा नं १५ को संरक्षकत्व तथा सृजना युवा क्लबको आयोजनामा मुक्तिधाम खेलमैदान बुटवल १५ मा भएको फाईनल खेलमा इभोलुसनका आवेश शाहीले गोल गर्दै खेलमा अग्रता लिए । तर त्यो धेरैबेर टिकेन । सैनामैनाका सुभाष नेपालीले बराबरी गोल गरे । निर्धारित समयमा बराबरी भएपनि पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा इभोलुसनका समिर दर्लामीले दुई प्रहारलाई रोक्दै टिमलाई उपाधि दिलाए । खेलमा समिर म्यान अफ दी म्याचबाट समेत पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव राना, वडा नागरिक मंचका बेदानिधि रिजाल, मुक्तिनाथ टोल विकास संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेल, क्लबका अध्यक्ष सुन्दर पौडेलले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा ८ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्