सप्तरी, ६ असार । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ । महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेको विषयलाई लिएर स्थानिय सुरेन्द्र यादव सहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ, सप्तरी शाखाले जनाएको छ ।
घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघले जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि कुटपिट हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत महासंघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















