Spread the love

बुटवल, ३० जेठ ।
युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा रिभोलुसन डान्स प्रतियोगिता २०८३ हुने भएको छ । डि–रेन डान्स स्टुडियोको आयोजनामा नेशन डान्स स्टुडियो रिभोलुसन डान्स प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी असार ६ गते होटल एभरेष्ट इनमा अडिसन हुने छ ।

शनिबार बुटलमा पत्रकार सम्मेन गरि नेशन डान्स स्टुडियोका संचालक साजन गुरुङले विद्यालयस्तरका प्रतिभालाई प्लेटफर्म दिने र नेपाली मौलिक संस्कृति जर्गेना गर्न नया ढंगको नृत्य प्रतियोगिताको तयारी गरेको बताए । आफु धेरै प्रतियोगितामा भाग लिएको अनुभव सुनाउदै प्रतिभालाई क्षमताको आधारमा सम्मान स्वरुप प्रतियोगिता गर्न लागेको उनले बताए । यसमा नो भोट, नोट एसएमएस र फ्रि टिकटको ब्यवस्था रहने उनले बताए ।

विशेष गरि १५ वर्षमुनिका विद्यालयस्तरका सहभागी हुने यो प्रतियोगितामा सहभागीहरूले नेपाली भाषामा नेपाली सास्कृतिक, क्लासिकल तथा हिपहप गीतहरूमा आफ्नो प्रस्तुति दिन सक्ने छन । विद्यालयस्तरका करिब ५०० जना विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको चिया बगानका गौरब क्षेत्रीले बताए । प्रतियोगिताबाट बाल तथा किशोर प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नृत्य क्षेत्रको विकासमा समेत टेवा पुग्ने आयोजकको लक्ष्य लिएको उनले बताए । केवल २ सय रुपैयामा आवेदन फर्मको शुल्क तोकिएको छ ।

विशेष गरि सहभागीहरुले पहिलो चरणमा छनौट भएपनि मेगा, वर्कसप, नलेज, डान्स कोरियोग्राफी जस्ता राउण्ड हुदै पार गरेर क्लाफिफायर राउण्डमा जाने उनले बताए । सेमीफिनालेमा च्यालेन्ज राउण्ड संचालन हुने उनले बताए । प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार प्रथम हुने प्रतियोगीले रु। ५५ हजार ५५५, द्वितीय हुनेले रु। ३३ हजार ३३३ तथा तृतीय हुनेले रु। ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्