Spread the love

बुटवल, २१ पुस ।
रुपन्देहीमा छरिएर रहेका ईभेन्ट ब्यवसायीहरुले मुल्य एकरुपता ल्याउने गरि दररेटको मूल्यसुचि सार्वजनिक गरेका छन । रुपन्देही ईभेन्ट्स ब्यवसायी संघको दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रमको अवसरमा संस्थाबाट मूल्यसुचि सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्थाको प्रगति विवरण पेश गर्दै अध्यक्ष अध्यक्ष किरण श्रेष्ठले टेन्ट, लाईट्स, साउण्ड तथा डिजे ब्यवसायीहरुलाई एकतावद्घ गरि ब्यवसायिक हकहित र अधिकारका लागि संस्था स्थापना गरिएको बताए । सौन्दर्य, सजावटको मौसमी ब्यवसाय भएपनि काममा जनशक्तिको अभाव रहेको उनले दुखेसो गरे । संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले रक्तदान, संस्कृति संरक्षणका अभियानसमेत चलाएको उनले बताए । यसैगरि उपभोक्ता हितलाई ध्यानमा राखेर अनुगमन, ब्यवस्थापन र तालिम लगायतका संयोजक तोकेरै कार्यालयमार्फत प्रभावकारी रुपमा कामहरु अघि बढेको उनले बताए । सदस्य कल्याण तथा राहत कोष स्थापना गरि संस्थाका सदस्यहरुको हकहितमा तथा ब्यवसयिक आचारसंहिता तयार गरि कार्यान्वयन गर्दै आएको उनले बताए ।

एक समारोहका बिच चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काले कार्यक्रमको उद्घाटन गर्दै ब्यवसायिक हकहितका लागि संस्थागत एकताको महत्वबारे प्रकाश पारे । अबको दिनमा प्याकेजमा गुणस्तरिय र मर्यादित सेवा दिने गरि योजनाबद्ध रुपमा लाग्न ब्यवसायीहरुलाई सुझाव दिए । भारतबाट ब्यवसायीहरु सस्तोमा काम गर्दा नेपाली ब्यवसायीहरु मर्कामा परेको गुनासोलाई सम्बोधन गर्ने गरि संस्थागत दबाब समेत दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सिनपा ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले संस्था स्थापना भई छोटो समयमा ब्यवसायीहरुलाई संगठित गर्न सफल भएकोमा खुशी ब्यक्त गरे । अहिलेको अवस्थामा संगठित भई ब्यवसायिक ईमान्दिरता बिना सफलता नमिल्ने भन्दै यसमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्श रुपन्देहीका उपाध्यक्ष मधुसुधन अर्याल, पूर्वअध्यक्ष नारायण भण्डारी, उधोग ब्यापार संगठनका महासचिव लक्ष्मी अधिकारी, मुश्लिम संघका अध्यक्ष समसाद अहमदले ब्यवसायीहरुलाई कर, दररेट जस्ता धेरै समस्याहरु रहेको हुदा त्यसलाई समाधानप्रति संस्थागत पहल महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष मोहमद ईशरारले शहरी क्षेत्रमा शुभकार्यमा सजावट, साउण्ड लगायतका सबै सेवा दिदै आएको बताउदै अतिथि सत्कार र सेवामुलक ब्यवसायप्रति समुदायको सोच सकारात्मक हुनुपर्ने बताए ।
हाल संघमा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवा, लुम्बिनी क्षेत्रका गरि करिब डेढ सय ब्यवसायीहरु आवघ्द रहेको संघका सचिव दुर्गेश गुप्ताले बताए । यसैबिच संस्थालाई भौतिक, नैतिक र आर्थिक रुपमा सहयोग पुर्याउने सदस्यहरुलाई सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्