बुटवल, २१ पुस ।
बुटवल रामनगरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको कारको ठक्करबाट मृत्यु भएको छ । साँझ अन्दाजी ५ः१० बजेको समयमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।
पूर्वबाट आउँदै गरेको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको टोयटा कारले ड्युटीमा रहेका पाललाई ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















