बुटवल, १८ पुस ।
स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिता २०८२ शुरु भएको छ । तिलोत्तमानगरस्थित लुम्बिनी फुटसल एरिनामा भएको उद्घाटन खेलमा आयोजक आरकेएफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुद्ध युवा क्लबले विजयी शुरुवात गरेको छ । बुद्ध युवाको जितमा चल्लु पठानको एकमात्र गरे ।
कार्यक्रमको एक समारोहका बिच स्व. ईश्वरी प्रसाद ज्ञवालीका कान्छा सुपुत्र लोकनाथ ज्ञवाली, नाती बसन्त ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, बुटवल यातायात प्रालिका अध्यक्ष दिपक श्रेष्ठ, राधाकृष्ण युवा क्लबका अध्यक्ष रिम बहादुर सारुले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरे ।
युवा पुस्ताको सोच, समृध्द नेपालको खोज नारासहित स्थापना भएको क्लबबाट युवा खेलाडीहरुलाई फुटबलमार्फत प्लेटफर्म दिने उदेश्यका साथ निरन्तर गर्दै आएको अध्यक्ष रिम बहादुर सारुले बताए । कुलतबाट युवा बचाउने अभियान, ब्यवसायिक खेलाडी उत्पादन, समुदाय केन्द्रिय विभिन्न रचनात्मक कार्यक्रम समेत क्लबबाट गर्दै आएको उनले बताए ।
कार्यक्रममा स्व. ईश्वरी प्रसाद ज्ञवालीका कान्छा सुपुत्र लोकनाथ ज्ञवालीले स्वस्थ्य मानिसमात्र खेल खेल्न सक्ने भन्दै स्थानियस्तरमा आयोजना गरिने खेल गतिविधिबाट युवा खेलाडीहरुलाई अवसर सृजना हुने बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले खेलमार्फत स्मरण गर्ने गरि महत्वपूर्ण काम भएको बताए । कार्यक्रम स्व. ईश्वरी प्रसाद ज्ञवालीका नाती तथा समाजसेवी बसन्त ज्ञवालीले दुई दशकदेखी क्लब समुदाय केन्द्रिय रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए। ईमान्दारिता, नैतिकता र परिश्रमलाई अवलम्बन गर्दा जिवनमा सफलता मिल्ने हजुरबुबाको सोचलाई जिवनमा कार्यान्वन गरेको उनले बताए । सरकारबाट नै ब्यवसायिक खेलाडीहरुको पक्षमा लगानी गर्न जरुरी रहेको उनले तर्क दिदै स्थानियस्तरमा विभिन्न संघसंस्था र क्लबबाट धेरै योगदान दिएको बताए ।
प्रतियोगिताको विजेता टिमले ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाबाट पुरस्कृत गरिने खेलसंयोजक लक्षु सिजलीले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडिहरुलाई पुरस्कृत गरिने उनले बताए ।






















