बुटवल, पुस १८ गुल्मीको मालिका गाउँपालिका अर्जे राम्चेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । विद्यार्थी बोकेर वनभोज हिँडेको ००ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन् ।
दुुर्घटना पछि बस चालक गुल्मी जैसीथोक निवासी ४१ बर्षीय चुरा बाहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको जानकारी पाए लगतै प्रहरी चौकी इश्मा,गुल्मी बाट प्रहरी साहायक निरक्षिक पर्वत कुमार केसीको कमान्डमा ७ जना टोेली घटनास्थल खटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






















