काठमाडौं, पुस १८ । कतारका विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउदै आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ ।





















