Spread the love

बुटवल, २२ असोज ।
दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ को तयारी पुरा भएको छ । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ विजयादशमी तथा शुभ दीपावलीको अवसरमा जी ट्वान्टी फाइभ क्लबले असोज २६ गतेदेखि ३० गतेसम्म गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो ।

विहिबार बुटवलमा पत्रकार सम्मेलन तथा टाईसिट सार्वजनिक कार्यक्रम गरिएको छ । देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विभिन्न उपसमितिमार्फत टिम दर्ता, ब्यवस्थापनको काम सम्पन्न गरि मैदान तयारी र आतिथ्यता तयारी भैरहेको क्लबका अध्यक्ष सजन कुमार भारीले बताए । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १९ र वडा नं. ७ बिच खेल हुने छ ।

बुटवल उपमहानगरपालिकाका वडाका भेट्रान्स खेलाडीहरुको १२ वटा टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने खेल संयोजक रमेश कुमार जोशीले बताए । यस्तै उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रत्येक टिममा ४ जना ४० वर्ष पुगेको र ३ जना ४५ उमेर पुगेको हुनुपर्नेछ । पहिलो संस्करणमा वडा नं. ११ विजेता तथा वडा नं. ७ उपविजेता रहेको थियो ।

अष्टे«लिया निवासी विष्णु बहादुर हमालले प्रतियोगिताको प्रथम पुरस्कार तथा अनुसासित टिमको पुरस्कार सौजन्य गरेका छन । हमालले आफु सानोमा भलिबल खेलेको स्मरण गर्दै नेपालमा विरेन्द्रसिल्डदेखि विभिन्न खेलकुद गतिविधिमा आवद्ध रहेको बताए । शारीरिक र मानसिकमात्र नभई खेलकुदबाट एकअर्कामा सम्बन्ध बिस्तार गर्दै भातृत्व विकास हुने उनले बताए । आफु अष्टेलियामा समेत विभिन्न खेल गतिविधिमा आवद्ध रहेको भन्दै सातौ संस्करणको मिनि ओलम्पिक गराउने तयारी रहेको समेत बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मन्जु भुषालले रुपन्देहीमा सामाजिक क्षेत्रमा लामोसमयदेखी अग्रसर रहेको संस्था खेलकुद क्षेत्रको विकासमा लागेको पाउदा धेरै खुशी लागेको बताईन । समुदायमा खेलमार्फत भाईचारा र खेल विकासमा लाग्न प्रेरणा मिल्ने गरि पुराना खेलाडीहरुलाई एकठाउ उभ्याउने गरि महत्वपूर्ण खेल प्रतियोगिता हुनेमा आशाबादी रहेको उनले बताईन ।

विशेष गरि ४० वर्षमाथिका उमेरमा शारीरिक निश्क्रियताका कारण नसर्ने रोगहरुबाट आक्रमण गर्ने हुदा पनि यो रोक्न खेल गतिविधिमा आवद्ध हुन जरुरी रहेको लेखा संयोजक तथा स्वास्थ्यकर्मी विष्णु आचार्यले बताए । स्वस्थ्य प्रवद्र्धन र नसर्ने रोग न्यूनिकरणमा प्रतियोगिता उपयोगी हुने देखिने उनको दाबी छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्