Spread the love

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली छ।

हाल कोशी प्रदेशका थोरै तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनीको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।

त्यस्तै, आज राति लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले वर्षाको सम्भावना भएका क्षेत्रमा यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्