बुटवल, १९ असोज ।
काठमाण्डौमा सम्पन्न राष्ट्रिय इन्डोर जुनियर पुरुष/महिला यु–२० कबड्डी प्रतियोगिता २०८३ मा पुरुष टिम लुम्बिनी च्याम्पियन बनेको छ । आईतबार भएको फाईनलमा लुम्बिनीले बागमती प्रदेशलाई ५२–२६ अंकले पराजित गर्दै उपाधि चुमेको हो ।
प्रतियोगितामा लुम्बिनीका क्षितिज गैरे म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनि प्रतियोगिताको प्लेयर अफ दी म्याचबाट समेत पुरस्कृत भए । प्रतियोगितामा बागमती उपविजेता तथा सुदुर पश्चिम र कोशी प्रदेश तृतिय भयो ।
प्रतियोगिताकै महिलातर्फको सेमीफाइनलमा लुम्बिनी सुदुरपश्चिमसंग ४७–३८ अंकले पराजित भएको छ । महिलातर्फको उपाधि प्रथम बागमतीले हात पारेको छ । प्रतियोगितामा सुदुर पश्चिम द्धितिय तथा लुम्बिनी र गण्डकी तृतिय स्थान हासिल गरेका छन ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ । विद्यालयस्तरबाट नियमित प्रशिक्षणका प्रतिफलका कारण सफलता मिलेको लुम्बिनी प्रशिक्षक महेन्द्र सुनारले बताए । प्रतियोगिता ७ प्रदेशका टिमहरु सहभागी रहेका छन ।






















