Spread the love

बुटवल, १५ असोज । असोज १० गते आएको हावाहुरी र निरन्तर वर्षाका कारण घरको छानो उडेर जोखिममा परेको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ माङ्ग्राका हिरासिङ बुढा मगरको परिवारलाई नौबहिनी स्पोर्टस् क्लबले सहयोग गरेको छ । हावाहुरीका कारण बुढा मगरको घरको छानो पूर्णरूपमा क्षति हुनुका साथै घरसमेत जोखिममा परेको थियो । क्लबको रोहबरमा असोज १२ गते घरमा रहेका जस्तापाता, दाराभाटा लगायतका सामग्री निकालेर सुरक्षित राखिएको क्लबका अध्यक्ष जोशन मगरले बताए ।

घरमा बस्न सक्ने अवस्था नरहेपछि परिवारलाई तत्काल बसोबासका लागि सानो गोठ निर्माण गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष मगरले बताए । क्लबले विपद्का कारण समस्यामा परेका परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्दै आएको उनले बताए । अध्यक्ष मगरका अनुसार उक्त क्षेत्रमा अझै विद्युत् आपूर्ति नियमित हुन सकेको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्