Spread the love

बुटवल । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ र आधुनिक समाज डेन्टल केयर प्रालि बुटवलबीच ५ हजारभन्दा बढी विद्यार्थीको दाँत तथा मुख स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको छ । मुख स्वास्थ्य अभियन्ता अमृत भुसालको नेतृत्वमा सञ्चालन हुने अभियानअन्तर्गत गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, काठमाडौंलगायत विभिन्न जिल्लाका विद्यालयमा विद्यार्थीको दन्त परीक्षण, मुख स्वास्थ्यसम्बन्धी सचेतना कक्षा तथा निःशुल्क ब्रस र टुथपेस्ट वितरण गरिने जनाइएको छ । अभियानका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ र आधुनिक समाज डेन्टल केयर प्रालिले सहकार्य गर्नेछन् ।

एक समारोहका बिच सम्झौतापत्रमा डिस्ट्रिक्ट ३२५ ‘पी’ का डिस्ट्रिक्ट गभर्नर सन्दीप कौसधन र आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष एवं मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले हस्ताक्षर गरेका छन् । अभियानबाट विद्यालय तहका बालबालिकामा दाँत तथा मुख स्वास्थ्यप्रति नियमित सरसफाइ, परीक्षण र उपचारको आवश्यकताबारे जानकारी गराउने लक्ष्य राखेको भुसालले बताए । ‘प्रारम्भिक चरणमा ५ हजारभन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा अभियानमा जोड्ने योजना रहेको छ ।’– उनले भने ।

मुख स्वास्थ्य अभियन्ता भुसालले विद्यालय तहको पाठ्यक्रममा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गर्नुपर्ने विषय लामो समयदेखि उठाउँदै आएको छन । कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीबाट ‘सर्टिफिकेट इन डेन्टल साइन्स’ अध्ययन गरेका भुसालले विगत २३ वर्षदेखि मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण अभियान सञ्चालन गर्दै आएको छन । बुटवललाई कर्मथलो बनाएर देशका विभिन्न जिल्लामा मुख स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्दै आएका भुसालले वर्षेनी बालबालिकासम्म दन्त परीक्षण तथा मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम अभियानका रुपमा चलाउदै आएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्