Spread the love

बेलहिया,११ असोज ।

४७ औ विश्व पर्यटन दिवसको अवसरमा बेलहिया नाकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा ) लुम्बिनीको आयोजनामा  रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका वन, बातबरण तथा पर्यटन मन्त्रि तुलसि प्रसाद चौधरिले नेपाल पर्यटकको लागि सुरक्षित रहेको बताए । उनले लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका १२ जिल्ला भ्रमण गराउनेगरि प्रयाप्त संख्यामा टुरिस्ट गाईड तयार गर्नेगरि सरकारले योजना बनाईरहेको पनि बताए ।

कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष चनद्र बहादुर थापा, पुर्व अध्यक्ष सागर अधिकारि, होटल संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष माधब नेपाल , पर्यटन विकास परिषदको प्रमुख शारदा बस्याल, पर्यटन डिभिजन प्रमुख नेत्र भुसाल लगायतले नेपालको लुम्बिनी क्षेत्र पर्यटककोलागि घुमफिर गर्न सुरक्षित रहेको बताए ।
रक्तदान कार्यक्रममा २९ प्वाईन्ट रगत संकलन भएको आयोजकले बताएको छ ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्