Spread the love

बुटवल, २५ असोज । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८ औँ झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युवा क्लबले चुम्न सफल भएको छ । झरना कपमा पहिलोपटक सहभागी चरङेले उपाधि चुम्दै नया ईतिहास बनाएको छ । लाहुरे बस्ती रहेको कुन्जलापुरमा दशैको अवसरमा फुटबल प्रतियोगिता गरिदै आएको छ ।

आइतबार भएको एकतर्फी फाइनल खेलमा गोर्खा ब्वाइज बुटवललाई ३–१ गोलअन्तरले पराजित गर्दै चरङ्गेले उपाधि जितेको हो । उपाधिसँगै चरङ्गेले नगद चार लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गोर्खा ब्वाइज भने दुई लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।

चरङ्गेको जितमा निराजन धामीले व्यक्तिगत दुई तथा सुदीप श्रेष्ठले थप एक गोल गरे । गोर्खा ब्वाइजका विदेशी खेलाडी शिलाले सात्वना गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका चरङ्गे युवा क्लबका अविनाश स्याङ्तान सर्वश्रेष्ठ खेलाडी घोषित भए । चरङ्गेकै भीम पुन उत्कृष्ट गोलकिपर र कृष्णा आले उत्कृष्ट मिडफिल्डर बने ।

त्यस्तै, गोर्खा ब्वाइजका शिला उत्कृष्ट डिफेन्डर तथा विक्की चाम्लिङ राई उत्कृष्ट स्ट्राइकर घोषित भए । झरना स्पोट्र्स क्लबका दिप्सन सापकोटा उदीयमान खेलाडी घोषित भए । एक समारोहका बिच प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्