Spread the love

बुटवल,११ असोज ।

तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमजुवामा तीनवटा घर बगाएको छ । बाढीले दुईवटा घरमा आंशिक क्षति पु¥याउनुको छ ।

राति आएको बाढीले स्थानीय सकिल मिया, नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बनियाको घरमा क्षति पु¥याएको वार्ड अध्यक्ष रामचन्द्र क्षेत्रिले बताए । विपद्बाट जोखिममा परेका परिवारलाई नगरपालिकाले विशेष प्राथमिकताका साथ सहयोग गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।

मेयर पाण्डेले विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोग गर्न नगरपालिका मातहतका निकायलाई आग्रह गर्दै स्थानीयवासीलाई पनि आपसी समन्वय र सहयोगमा जुट्न आग्रह गरेका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्