Spread the love

बुटवल,५ भदौ ।

लुम्बिनी प्रदेशमा साउन महिनामा सवारी दुर्घटना ३५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि तथा प्रगति विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा ४१८ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा ७१० जना घाइते भएका छन् । प्रदेशभर तीव्र गतिका कारण मात्रै २८७ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३, चालकको असावधानी तथा लापरबाहीका कारण ३९ र अन्य लापरबाहीका कारण ६ वटा दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीले साउन महिनामा १० हजार ४५७ वटा सवारी तथा ट्राफिक नियम उल्लङ्घनसम्बन्धी कारबाही गरेको छ । जिल्लामा भएका दुर्घटनामा सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा १४९ वटा भएका छन् । बाँकेमा ८४, कपिलवस्तुमा ७१, पाल्पामा १५, नवलपरासीमा ३५ र दाङमा २४ वटा दुर्घटना भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्