Spread the love

बुटवल, ५ भदौ ।

युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा जारी रिभोलुसन डान्स प्रतियोगिता २०८३ को ग्राण्ड फिनाले भदौ ६ गते शनिबार हुने भएको छ । वर्कसप राउण्डमा सहभागी १७१ जनाबाट अन्तिम १६ फाईनलिष्ट छनौट भएको नेशन डान्सका सञ्चालक साजन गुरुङले बताए । शीर्ष १६ फाइनलिस्टमा प्रिन्सी थापा, प्रज्ञा जी.एम., युनिका श्रीष, शहिस्ता शाही, रिदिमा तण्डन, आरुशी तामाङ, कृश्पी आले, प्रतिमा पछाभैयाँ, नेन्शु मगर, पूर्णिमा पन्था, मिली केसी, मुस्कान श्रेष्ठ, प्रिन्सु सुनार, अस्मी जी.एम., मिशिका गुप्ता र दृश्यम दर्नाल रहेका छन ।

डि–रेन डान्स स्टुडियोको आयोजनामा असार ६ गते अडिसन शुरु भई विभिन्न चरण जारी छ । नेपाली नृत्य क्षेत्रमा सक्रिय स्थानीय कलाकार मदन नेपालीले कल्चरल डान्सको कोरियोग्राफी तथा वल्र्ड अफ डान्सका विजेता तथा ईण्डिया बेष्ट डान्सर सिजन ४ मा सहभागी भएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसकेका अनुभवी नृत्य निर्देशक साजन तामाङले हिपहप डान्सको कोरियोग्राफी प्रशिक्षण दिएका थिए । प्रतियोगितामा भोटिङ र एसएमएसलाई छनौटको आधारमा बनाईएको छैन । प्रतियोगिताको विजेताले रु. ५५ हजार ५५५, द्वितीय हुनेले रु. ३३ हजार ३३३ तथा तृतीय हुनेले रु. ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्