Spread the love

बुटवल, २७ साउन ।
रुपन्देहीमा होटल तथा स्पा सेन्टरमा अनैतिक गतिविधि भइरहेको आशंकामा प्रहरीले अनुगमन तथा कारबाही तीव्र पारेको छ । यसक्रममा बुटवलको योगीकुटीस्थित एक होटलबाट १२ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयको अगुवाइमा मंगलबार गरिएको अनुगमनका क्रममा योगीकुटीस्थित ईनआउट होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिएको छ ।

सो होटलमा नंग्न अवस्थामा ५ पुरुष र ७ महिलाहरु भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रशान्त श्रीवास्तवले बताए । उनिहरुलाई पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान प्रक्रिया अघि बढाईएको उनले बताए ।
मंगलबार इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका २५ बढी होटल तथा स्पा सेन्टरहरु आकस्मिक अनुगमनको क्रममा अधिकाश सेन्टरहरु आवश्यक मापदण्ड बिना संचालनमा रहेको भेटिएको छ ।

अनुगमनका क्रममा व्यवसाय सञ्चालनको अनुमति, स्पा सेन्टरमा दिईने सेवा र शुल्कको मूल्यसूची नभेटिएको, कर्मचारीलाई नियुक्तिपत्र, कर्मचारीको उमेर र परिचयपत्रको अभिलेख पुस्तिकाहरु समेत नभेटिएको प्रहरीको दाबी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्