सल्यान,२७ साउन ।
छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै भेरी नदीमा जिप खुस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बीसी सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















