Spread the love

बुटवल, २६ साउन ।
नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका साथ अन्तराष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । मदन भण्डारी स्र्पोटस एकेडेमीको सोमबार बुटवलमा बसेको ११ औ पूर्ण वैठकबाट मदन भण्डारी कप अन्तराष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता २०८३ गर्ने निर्णय भएको हो ।

असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा हुने प्रतियोगितामा नेपालका ३ सहित भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेशबाट खेलाडी सहभागीताको पहल भईरहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । ‘नेपालमै पहिलोपटक यो स्तरको भलिबल हुन लागेको छ ।’–उनले भने । यसअघि ईण्डो नेपाल भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । यसपटक थप परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको उनले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ७ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको द्धितिय टिमलाई ३ लाख ५० हजार, तृतिय टिमलाई १ लाख ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सान्त्वना खेलाडीलाई ७५ हजार रुपैया, विधागत रुपमा प्लेयर अफ दी म्याच १ लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैया, उत्कृष्ट स्पाईकर, सेटर, सर्वर, कोच, बल्कर, डिफेन्सलाई क्रमश ८ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने छ । करीब १२८ जना खेलाडी, १५० अफिसियल सहभागी हुने प्रतियोगितामा १ करोड १८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

यसैगरि बैठकबाट एकेडेमीको प्रदेश संरचनालाई प्रभावकारी र सक्रिय बनाउने निर्णय भएको छ । ‘एक हप्ताभित्र प्रदेशस्तरमा कार्यालय स्थापना गर्दैछौ ।’–अध्यक्ष ध्रुव आचार्यले भने । केन्द्रिय कमिटिमा फेरबदल गरिएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष झक बहादुर मिदुन, महासचिव मदन उप्रेती, उपमहासचिव चन्द्र बदना राई, राम बहादुर केसी, सचिव उदय अर्याल, निलम बज्राचार्य, बिनोद आचार्य, नन्दु काउचा, कोषाध्यक्ष कमल ढकालको जिम्मेवारी दिईएको छ । यसैगरि सदस्यहरुमा सिरिशा कार्की (रुपन्देही), अमरावती राना (सुदुरपश्चिम), राजिव राना, शिवराज राना (सुदुरपश्चिम), ऋषिराम गौतम (गण्डकी), अनन्त श्रेष्ठ (गण्डकी) र राजेश महतो (मधेश प्रदेश) लाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ध्रुव आचार्यले बताए ।

यसैगरि कोशी प्रदेशको संयोजक उदय कुमार अर्याल, मधेशप्रदेश अध्यक्षमा रबिन्द्र राज भण्डारी, बागमती प्रदेश राम बहादुर केसी, लुम्बिनी प्रदेश संयोजक बुद्धि बश्याल, गण्डकी प्रदेशको अध्यक्ष गिरमान गुरुङ, कर्णाली प्रदेशका अध्यक्ष गोपाल बहादुर शाही र सुदुरपश्चिम प्रदेशका संयोजक ज्ञानुराज दगौरालाई जिम्मेवारी दिईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्