म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो । पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ का करिब ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन् ।
पहिरोबाट खसेको ढुंगा लागेर हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन् । उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।
घटनापछि भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















