बुटवल, २० असार ।
बेलायत (युके) मा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श दिने संस्था युनिगाईडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई ब्राण्ड एम्बेस्डरमा सम्झौता गरेको छ । बुटवलमा शनिबार आयोजना गरिएको अफिसियल ब्राण्ड एम्बेस्डर तथा शाखा उद्घाटन कार्यक्रममा क्रिकेट खेलाडीहरु तिलकराज भण्डारी र आदिल खानलाई युनिगाईडका सिईओ गणेश दाहाल र प्रबन्ध निर्देशक ऋषि खनालले एक वर्षका लागि सम्झौता गरेका हुन ।
कार्यक्रममा युनिगाईडको सिईओ गणेश दाहालले सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेट क्षेत्रको विकासमा योगदान दिने गरि सहकार्य गरेको बताए । नेपालको काठमाण्डौमा पछिल्लो दुई वर्षदेखि परामर्श सेवा दिदै आएको उनले बताए । पछिल्लो एक वर्षदेखि क्यानडा, अमेरिका र अष्ट्रेलियाका लागि काउन्सिलिङ सेवा दिदै आएको उनले बताए ।
कार्यक्रममा प्रबन्ध निर्देशक ऋषि खनालले विद्यार्थीलाई सहि काउन्सिल र सहि कोर्षमा समावेश गर्दै आएको बताए । अबको पाच वर्षमा बुटवलको युवाहरुलाई उत्कृष्ट शिक्षा प्रदानमा सहयोेग गर्ने र तिनै युवाहरु स्वदेशमा फर्केर योगदान दिनेमा आशाबादी रहेको उनले बताए ।
कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पहिलो ब्याचका खेलाडी सन्जय गुरुङले आफ्नो खेल जिवनको बारेमा स्मरण गरे । शौखका लागि क्रिकेट खेलेको बताउदै उनले पछिल्लो समय क्रिकेटप्रति आम नागरिकहरुको धारणा परिवर्तन भएको उनले बताए । विश्वकप खेलेको पारस खड्काको २०१४ को ब्याचसंगै क्रिकेट नया र फाड्कोमा मारेर ब्यवसायिक बन्न सफल भएको उनले बताए । नीजि क्षेत्रको योगदानकै कारण नेपाली क्रिकेट छोटो समयमा उचाई लिन सफल भएको उनको दाबी छ ।
कार्यक्रममा युनिगाईड बुटवलका काउन्सिलर सन्जय खनाल, रोयल फुडकोर्ट केशव भुषाल, लुम्बिनी लायन्सका अपरेसन म्यानेजर लक्कि आचार्यले सरकारबाट हुन नसकेका खेल विकासका काममा नीजि क्षेत्रको ठूलो योगदान हुदै आएको बताए ।
भिडियो रिर्पोट





















