Spread the love

बुटवल, ११ साउन ।
वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले सोमबार मोक्षधाम मन्दिर सरसफाइ तथा तीर्थालु सेवा गरेका छन । साउन महिनाको सोमबार शिव मन्दिर परिसर तथा आसपासको वातावरण स्वच्छ राख्ने र तीर्थालुहरूलाई सहज सेवा दिने उद्देश्यका साथ जिल्लाका विभिन्न मन्दिरहरुमा अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत सोमबार तिलोत्तमा–९, भलवारीस्थित मोक्षधाम मन्दिर परिसरमा सरसफाइ तथा दर्शनार्थी सेवा कार्यक्रम सम्पन्न गरिएको हो । कलेजमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले मन्दिरमा सहयोग गरेका थिए ।

अभियानअन्तर्गत साउन १८ गते तिलोत्तमाको जानकीनगरस्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर तथा नयाँमिलस्थित दुर्गा–शिव मन्दिर परिसर, त्यसैगरी साउन २५ गते पर्रोहा परमेश्वर बोलबमधाम र भलवारीको बसडिलवा शिव मन्दिर परिसरमा सरसफाइ तथा सेवा कार्यक्रम आयोजना गरिने कलेजले जनाएको छ ।

कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी व्यवहारिक ज्ञान, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउने उद्देश्यका साथ सिर्जनात्मक कार्यक्रम गरिदै आएको बताए । विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, टोलीमा काम गर्ने संस्कार तथा समाजप्रतिको उत्तरदायित्वबोध हुन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्