Spread the love

काठमाडौं ।

पोर्चुगलले फिफा विश्वकपको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा क्रोएसियालाई २–१ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ईन्जुरी समयमा गोन्कालो रामोसको गोसंग पोर्चुगल जित दर्ता गरेको हो ।
शुरुवातबाट नै खेलमा नियन्त्रण रोखेको पोर्चुगललाई खेलको ५३ औँ मिनेटमा क्रोएसियाका इशान परेसिचले गोल गर्दै दबाब श्रृजना गरेको थियो । त्यसपछि लगातार दबाब बनाएको पोर्चुगलले ६३ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले ९३ औँ मिनेटमा मैदान प्रवेश गराएका राफेल लियोले उत्कृष्ट क्रस उपलब्ध गराएपछि गोन्कालो रामोसले सहज फिनिस गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।

जितसँगै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब उसले बलियो प्रतिद्धन्द्धी स्पेनसंग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाको भने अन्तिम–१६ बाटै यात्रा टुंगिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्