Spread the love

बुटवल, १ असार ।

नेवारी संस्कृति संरक्षण गर्ने उदेश्यका साथ बुटवलमा नेवा युवाहरुलाई धिमेबाजा प्रशिक्षण दिईएको छ । श्री नेवाः सेवा समितिको आयोजनामा नेवाः कला संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ १६ दिने धिमेबाजा प्रशिक्षण दिईएको हो ।

एक समारोहका बिच वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले समापन कार्यक्रममा सहभागीहरुलाई प्रशंसापत्र वितरण गर्दै भाषा, संस्कृति जगेर्नाको मुल उदेश्य अनुसार नै संस्था सफल भएको बताए ।
कार्यक्रममा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले नेवार समुदायहरु सामाजिक क्षेत्रमा धेरै योगदान गरिरहदा त्यस्ता संघसंस्थामा नेतृत्व आउन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रशिक्षक निर्मला श्रेष्ठले बाजा बजाउने धेरै तालहरुमध्ये आधारभुत तालिम दिएको भन्दै यो सीप विभिन्न शुभकार्यमा बाजा बजाएर नेवारी पहिचान दिनेमा आशावादी रहेको बताईन । कार्यक्रममा संयोजक लिल प्रसाद श्रेष्ठले नया पुस्तामा नेवारी कला, संस्कृति र सीप सिकाउने र बुझाउन जरुरी रहेको बताए ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष चिरन्जिवी श्रेष्ठले प्रशिक्षणबाट प्राप्त सीपलाई आयआर्जनका माध्यमका रुपमा जोड्न आग्रह गरे । समितिबाट धिमे बाजाको बजारीकरण गर्दै आवश्यक ब्यवस्थापनमा पहल अघि बढाएर ब्यवसायिक बनाउनुपर्ने उनले बताए । कार्यक्रममा नेवा देय दबु बुटवल नगर अध्यक्ष सुन्दर श्रेष्ठ, नेवा मिसा देबुका अध्यक्ष सीता श्रेष्ठ, भिमसेन नेवाका पारु श्रेष्ठले तालिम संचालनसंगै सीपलाई आगामी दिनमा यसको सकारात्मक फाईदाबारे प्रकाश पारे । तालिममा १६ जना सहभागीहरु रहेको संयोजक लक्ष्मी कर्माचार्यले बताईन ।

यसैगरि कार्यक्रमबाट विश्वास श्रेष्ठको संयोजकत्वमा १२ सदस्यीय ल्याम ल्यास पुच गठन समेत गरिएको सचिव लक्ष्मण श्रेष्ठले बताए । जसको सदस्यहरुमा राजिव अमात्य, समिक्षा श्रेष्ठ, रोज राजभण्डारी, समृद्धि श्रेष्ठ, रोजिना राजभण्डारी, आरुषी श्रेष्ठ, अनुज श्रेष्ठ, आशा श्रेष्ठ, सबिन श्रेष्ठ, शिवजल श्रेष्ठ र श्रृष्टि श्रेष्ठ रहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्